समाचारशुक्रबार, साउन १८, २०७०

वार्तामा आउन हामीलाई बन्देज लगाइएको छः वैद्य

हिमालखबर

अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष मोहन वैद्यले एमालेले अशोक राईको समूहलाई, विजय गच्छदारले उपेन्द्र यादवलाई र एमाओवादीले आफूहरुलाई वार्तामा आउन नदिन बारबन्देज लगाएको आरोप लगाएका छन् ।

“जनयुद्ध र दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नयाँ संविधान अनिवार्य छ, अघिल्लोपटक पनि संविधान आउन नदिने यिनै चार दल भएकाले उनीहरुले संविधान ल्याउन देलान् भन्ने लाग्दैन”, उनले शङ्का व्यक्त गरे ।

वैद्यले संविधानसभाबाट संविधान ल्याउन संविधानका अन्तरवस्तु तय गर्ने र दिनदिनै कमजोर बन्दै गएको राष्ट्रियता र स्वाधीनताका लागि सबैको सहमति जुटाउन आफूले राखेको गोलमेच प्रस्ताव संविधानसभाबाट संविधान बनाउनकै लागि राखिएको प्रस्ट्याए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>