थप समाचारशनिबार, साउन १९, २०७०

अन्तरजातीय विवाह गर्ने क्रम बढ्यो

हिमालखबर

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा छुवाछूत मुक्त नभए पनि अन्तरजातीय विवाह गर्ने क्रम भने बढेको देखिन्छ ।

दार्चुला भगवती गाविस–५ सुडाका गगनसिंह धामी र गीताकुमारी बैज्य, खलंगाका हरिष हुम्ले र टीका शाही, खलङ्गाकै विक्रम ओखेडा र कपिलवस्तु जोगीतलाकी चित्रकला रोक्का मगरका साथ अन्तरजातीय विवाह आव २०६९/०७० मा भएको जानकारीसहित प्रोत्साहनस्वरुप भत्ताका लागि निवेदन आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सरकारले अन्तर्जातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरुप केही रकम दिने गरेको छ ।

यसैगरी बैतडी कुवाकोटका नरेन्द्र पार्की र कालीकोट फुकोरकी मीना विष्टले आव २०६९÷०७० मा अन्तरजातीय विवाह भएको एकमात्र आधिकारिक जानकारी आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।

डडेल्धुरा अमरगढीका विजय सिजापती र डोटी मुरभडाँकी सिमा पन्तको पनि असार पहिलो साता अन्तरजातीय विवाह भएको छ । डडेल्धुरा अमरगढीका राजेन्द्र ताम्राकार र कञ्चनपुरकी शोभा चौधरी, अमरागढीकै वीरेन्द्र ताम्राकार र झापा विर्तामोडकी कमला थापाका साथ आव २०६९÷०७० मा अन्तरजातीय विवाह भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

अन्तरजातीय विवाहको क्रम बढे पनि सुदूरपश्चिमका सयाँै अन्तरजातीय विवाह गरेका जोडीलाई समाजले भने निरुत्साहित पारेको दार्चुला भगवतीका गगनसिंह धामीले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>