समाचारआइतबार, साउन २०, २०७०
विवादित मुद्दामा छलफल शुरु गरौं: नेता नेपाल
वीरगञ्जमा २० साउन विहान आयोजित पत्रकार सम्मेलनमा एमाले नेता माधवकुमार नेपालले संविधान सभाबाट छिटो संविधान निर्माणका लागि दलहरुबीच मतभिन्नता रहेका विषयवस्तुहरुमा अहिलेदेखि नै छलफल शुरु गरेर ठोस निर्णयमा पुग्नुपर्नेमा नेता नेपालले जोड दिएका छन् ।
नेता नेपालले भने, “अहिले नै सबै राजनितिक दलबीच छलफल र सहमति कायम गर्न सके निर्वाचन भएको ६ महिनामा नै पहिलो मस्यौदा र एक वर्षमा नयाँ संविधान बनाउने प्रतिवद्धता पूरा गर्न सकिन्छ ।”
उनले चुनावको मिति सार्ने र सरकार परिवर्तन गर्ने बाहेक अरु सबै विषयमा असन्तुष्ट दलहरुसंग वार्ता र सहमति गर्न सरकार र मुख्य चार दलहरु तयार रहेको स्पष्ट पारे ।
संघीयताका बारेमा नेकपा एमाले प्रष्ट रहेको भन्दै नेता नेपालले पहिचान र सामथ्र्य दुवैलाइ आधार बनाएर राज्यको पुनर्संरचना गर्नु पर्नेमा जोड दिए ।
उनले इतिहास भईसकेको राजतन्त्र अब कसैले चाहंदैमा फर्किन सम्भव नभएकोले त्यस्ता चर्चाको पछाडि लाग्न नहुने टिप्पणी पनि गरेक थिए ।
बिम्मी शर्मा, वीरगञ्ज
