समाचारआइतबार, साउन २०, २०७०
विद्युत ट्रान्सफर्मर खरिद प्रकरणमा पाँच पक्राउ
अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा २० साउनमा प्राधिकरणका सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु, सहनिर्देशक हरिशबहादुर पाल, सहायक प्रबन्धक मदनराज चापागाई, इञ्जिनियर प्रज्वल पाण्डे र भण्डार प्रमुख भरत रुपाखेतीलाई पक्राउ गरेको हो । अख्तियारले ट्रान्सफर्मर निर्यातकर्ता कम्पनी हुबेई सनलाईट ईलेक्ट्रिक कम्पनी लिमिटेडका हु झेङ् क्वीङ् र जोउ यी तीनलाई पक्रेको छ ।
अभियुक्तहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरले जानकारी दिए ।
अख्तियारले जारी गरेको विज्ञप्तिमा “न्यून गुणस्तरको वितरण ट्रान्सफर्मर खरीद गरी अनियमितता एवं भ्रष्टाचार गरे भन्ने विषयको उजुरीको अनुसन्धानको सिलसिलामा हालसम्म संकलित प्रमाण कागजातका आधारमा उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ ।”
कमसल खालका ट्रान्स फर्मर ल्याएर अनियमितता र भ्रष्टाचार गरेको भन्दै उजुरी परेको थियो ।
