समाचारसोमबार, साउन २१, २०७०

कमला नदीमा बगेर कम्तीमा सात जनाको मृत्यु

हिमालखबर

२१ साउन सोमबार महादेवको दर्शनका लागि सिन्धुलीको हत्पत्ते १ लंगुरखोला जाँदै गरेका तीर्थयात्रीलाई गागन नजिकै बिहान नदीले बगाएको सिन्धुली प्रहरीले जनाएको छ । नदीमा बगेर मृत्यु भएका सात जनाको शव फेला परेको छ भने अन्य वेपत्ता छन् ।

स्थानीयवासीका अनुसार थप १०–१५ जनालाई पनि नदीमा बेपत्ता भएका छन् । नदीमा बग्दै गरेका केही यात्रीको भने स्थानीयले उद्दार गरेका छन् ।

मृत्यु भएकामध्ये सर्लाहीकी रामसरी देवीको पहिचान खुलेको छ भने अन्यको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीले नदीमा १०–१५ जना बगेको बताएपछि प्रहरी र सेनाले वेपत्ताको खोजी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>