समाचारसोमबार, साउन २१, २०७०

जाजरकोटमा नेकपा–माओवादीको चन्दा आतंक

हिमालखबर

पार्टीको लेटरप्याडमा आधिकारिक पत्र पठाएर माओवादीले चुनाव बहिस्कार अभियानको लागि भन्दै दबाबमुलक रुपमा चन्दा उठाएको हो ।
बहिस्कार अभियानका क्रममा लाग्ने खर्च उठाउन बिभिन्न व्यक्ति तथा संघसस्थाबाट चन्दा संकलन शुरु गरेको माओवादीको भनाई छ । बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थालाइ लेखेको पत्रमा माओवादीले चन्दा रकम समेत तोकेको छ ।

नेकपा–माओवादी जाजरकोटका सेक्रेटरी इमास्वर देवकोटाले हस्ताक्षर गरेको पत्र बिभिन्न संघसस्थाहरुमा पुगेको छ । पत्रमा ‘आगामी मंसिर ४ गते हुने संविधान सभाको निर्वाचन बहिस्कार गर्ने पार्टीको अभियानलाइ सफल बनाउन आर्थिक रकम सहयोग गरिदिन’ आग्रह गरिएको छ ।

माओवादीले १० हजारदेखि ५० हजार रुपैयाँसम्म तोकेर चन्दा मागेको पाइएको छ । आफुहरुसंग १६ हजार तोकेर चन्दा मागेको युवा जागरण तथा पुनस्थापना केन्द्र जाजरकोटका संयोजक सहदेव बस्नेतले बताए । त्यस्तै पाँचतारा युवा संरक्षक मञ्चसँग २० हजार रुपैयाँ चन्दा मागिएको छ । माओवादीले तोकेरै चन्दा मागेपछि कतिपय संघसंस्था, ब्यक्तिहरु समस्यामा परेका छन् ।

नेकपा–माओवादी भेरी कर्णाली राज्य समितिका सदस्य नरबहादुर गिरीले अभियान सञ्चालनका लागि सहयोग चाहिने भएकाले चन्दा उठाएको बताए । “अभियान सञ्चालन गर्त त कार्यकर्तालाई पाल्नु पर्‍यो नि” उनले भने ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले भने यसबारे आफुलाइ कुनै संस्था र व्यक्तिले गुनासो नगरेको बताए । चन्दा संकलन निर्वाचन आचारसंहिता विपरीत भएकोले कतैबाट उजुरी आएमा कारवाही हुने उनको भनाई छ ।

राजेन्द्र कार्की
उज्यालो अनलाइनबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>