समाचारसोमबार, साउन २१, २०७०

५ वर्षमा १३ प्रजिअ

हिमालखबर

पछिल्लो पाँच वर्षमा सप्तरीले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ब्यहोर्नु परेको छ । १३ साउन २०६५ देखि २०७० जेठसम्ममा सप्तरीमा १३ प्रजिअ आए ।

सप्तरीमा आएका प्रजिअमध्ये सबैभन्दा कम कार्यकाल रहेका हरिकृष्ण पौडेल २०६५ सालमा जम्मा ११ दिनमात्रै पदमा बसे । उनी पछिल्लो जेठ १ गतेदेखि पुनः सप्तरीको प्रजिअ भएर आएका छन् ।

यसैगरी सबैभन्दा बढी समय रामप्रसाद घिमिरे १६ असोज २०६६ देखि १५ महिनासम्म सप्तरीमा कार्यरत रहे ।

यस अवधिमा जीवछ मिश्र, डा कमलेश्वर कुमार सिन्हा, रामविलास राय यादव, रामप्रसाद घिमिरे, कैलाशनाथ खरेल, गोकर्णमणि दुवाडी, लेखनाथ पोखरेल, कृष्णचन्द्र घिमिरे, हरिराज पन्त, बलभद्र गिरीले सप्तरीमा काम गरिसकेका छन् ।

सप्तरीमा २०२८ सालमा पहिलो प्रजिअको रुपमा हरिप्रसाद पोखरेल आएको जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्याङ्कमा उल्लेख छ ।

राजनीतिक अस्थिरताका कारण छिटोछिटो प्रजिअको सरुवा हुने गरेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>