समाचारसोमबार, साउन २१, २०७०
असन्तुष्ट दलसँग २२ साउनमा वार्ता
समितिको कार्यालय बानेश्वरमा २१ साउनमा बसेको बैठकले नेकपा–माओवादीसम्बद्ध मोर्चा, सङ्घीय समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम नेपालसँग वार्ता गर्ने निर्णय गरेको छ । एमाओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार वार्ता विबहान ११ बजे अशोक राईले नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग वार्ता हुनेछ ।
यसैगरी दिउँसो एक बजे नेकपा–माओवादीसम्बद्ध मोर्चा र मधेसी जनअधिकार फोरमसँग वार्ता गर्ने समय तय भएको नेता श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, “आगामी ४ मङ्सिरको संविधानसभा निर्वाचन सम्पन्न गराउन राजनीतिक वातावरण निर्माण गर्न समितिले अत्यन्तै गम्भीरताका साथ वार्ता गर्ने निर्णय गरेको छ । ”
राजनीतिक रुपमा निर्वाचनको वातावरणको बनाउन सबै पक्षसँग वार्ता र संवाद गर्ने ध्येयका साथ समितिले भोलि वार्ता गर्न लागेको नेकपा(एमाले)का नेता रघुजी पन्तले जानकारी दिए । नेपाली काँग्रेसका नेता रामशरण महतले भोलिको वार्ताबाट असन्तुष्ट दलहरु सहमतिमा आउँछन् वा आउँदैनन् भन्ने कुराको ठेगान लाग्ने बताए ।रासस
