समाचारमंगलबार, साउन २२, २०७०
सप्तकोसी दुर्घटनाः दुईको मृत्यु, १३ वेपत्ता (वेपत्ताको नामसहित)
२१ साउनमा चतराबाट ९० जना यात्रु बोकेर उदयपुरको रामपुर ठोक्सीलातर्फ जाँदै गरेको डुंगा नदी किनारमा यात्रु ओर्लाने बेला पल्टेको थियो । उक्त दुर्घटनामा रामपुर ठोक्सीलाकी पार्वती खड्का र महेन्द्रनगर–४ की चन्द्रकुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । त्यसैगरी १३ जना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यलय उदपुरका प्रमुख प्रहरी उपरीक्षक अजय भट्टराईका अनुसार वेपत्ता भएकाहरुमा कटुन्जे डबला– ७ का श्री नारायण श्रेष्ठ, सपना मगर, भोजपुरका प्रेम श्रेष्ठ, रामपुर ठोक्सीलाकी मुना खड्का, ठोक्सिला–१ का जुरमान राइ र परस माया राई, ठोक्सिला–३ का कोपीला विष्ट, रोसीका खडका, ठोक्सिला–२ का रत्न वहादुर राई, मैनामैनी– ९ का टेकराज राई र ठेगाना नखुलेका ४ महिनाको बच्चा प्रशान्त लामिछाने, धनकुटा डाँडाबजारका अमृत बिक र सुनसरी चक्रघट्टीका नाम नखुलेका एक जना वेपत्ता भएका छन ।
प्रहरी उपरीक्षक भट्टराईले सप्तकोशीमा आएको बाढीले गर्दा वेपत्ताहरुको खोजीमा कठीनाइ भएको वताएका छन ।
सीता मादेम्बा
