समाचारमंगलबार, साउन २२, २०७०
राजनीतिक समिति खारेज गर: कमल थापा
झापाको भद्रपुरमा २१ साउनमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार ठूला दलले मुलुकमा राजनीतिक सिण्डिकेट चलाएको आरोप पनि लगाए । उनले भने, “चार दलका कारण विदेशी हस्तक्षेप बढेको छ ।”
उनले सर्वदलीय वैठक आह्वान गरेर सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन पनि सरकारसँग आग्रह गरे ।
भेलामा राप्रपा नेपालका झापा र इलामका कार्यकर्ता सहभागी थिए ।
गोपाल गडतौला, झापा
