समाचारमंगलबार, साउन २२, २०७०
पूर्वका नौ जिल्ला बन्द, जनजीवन प्रभावित
राष्ट्रि जनमुक्ति पार्टीसम्बद्ध ‘लिम्बुवान राज्य परिषद’ ले २२ साउन विहानै देखि पूर्वका पूर्वको सुनसरी, मोरङ, झापा, ईलाम, पाचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा जिल्ला वन्द गराएको छ । वन्दका कारण यातायातका साधन चलेका छैनन्, कलकारखाना, विद्यालय, बजार पनि ठप्प छन् ।
वि.सं १८३१ साउन २२ गते जाली सम्झौताबाट लिम्बुवान खोसिएको भन्दै २२ साउनलाई कालो दिनकोरुपमा मनाउने क्रममा बन्द गरिएको लिम्वूवान राज्य परिषदका संगठन सचिव लोक आङलाले जानकारी दिएका छन् ।
सीता मादेम्बा, धरान

