समाचारमंगलबार, साउन २२, २०७०

तिब्बती नागरिकले बौद्धमा आत्मदाह गरे

हिमालखबर

दुई फागुनमा बौद्धमा आत्मदाह गर्दै तिब्बती नागरिक । फाइल तस्बीर

अन्दाजी ४० वर्ष उमेरका तिब्बती नागरिकले बौद्ध स्तुपा परिषरमा शरीरमा आगो लगाएर आत्मदाह गरेको प्रहरीले जनाएको छ । शरीर दनदनी सल्केका उनलाई प्रहरीले उद्दार गरी शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएको थियो । अस्पतालमा उनलाई मृत घोषणा गरिएको त्रिवि शिक्षण अस्पताल स्रोतले जानकारी गराएको छ ।

यो आत्मदाहको घटना ‘स्वतन्त्र तिब्बत आन्दोलन’ सँग सम्बन्धित नभएको प्रहरीको भनाई छ । “उनको मानसिक सन्तुलन ठिक नभएको र बौद्धमा मागेर हिंडने गरेको बुझिएको छ,” काठमाडौं महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक सन्तोष पन्तले हिमालखबरलाई बताए ।

घटनाबारे विस्तृत अनुसन्धान शुरु गरिएको पनि पन्तले जानकारी गराए ।

यसअघि २ फागुनमा बौद्धमै “स्वतन्त्र तिब्बत’ समर्थक तिब्बती नागरिकले आत्मदाह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>