थप समाचारमंगलबार, साउन २२, २०७०
निर्वाचन नाटक मात्रः तालिवान नेता
आगामी वर्ष अफगानिस्तानमा हुन लागेको आम निर्वाचनप्रति लक्षित गर्दै अफगानिस्तानको तालिवान समूहका मुख्य नेता मुल्लाह ओमारले उक्त निर्वाचन नाटकमात्रै हुने दाबी गरेका छन् ।
“निर्वाचन समयको बर्बाद मात्र हो त्यसबाट केही हुनेवाला छैन ।” देशमा विद्यमान रहेका समस्याहरुलाई अर्कोतर्फ पन्छाएर गरिने निर्वाचनमा अफगान नागरिकको विश्वास नरहेको पनि उनको दाबी छ ।
अफगानिस्ताका सोझा जनतालाई निर्वाचनको नाटक गरिनुका साथै निर्वाचनको प्रलोभनमा पारिएको आरोप लगाउँदै तालिवानी नेता ओमारले निर्वाचनमा अफगान नागरिकले सहभागिता नजनाउने दाबी पनि गरेका छन् ।
उनले २२ साउनमा जारी गरेको विज्ञप्तिमा अफगानिस्तानका समस्या बुझेर तिनको समाधानका लागि कामगर्न निर्वाचनको आवश्यकता नरहेको उल्लेख छ ।
एएफपी
