समाचारमंगलबार, साउन २२, २०७०

चार मंसीरमै निर्वाचन हुनुपर्नेमा भारतको जोड

हिमालखबर

भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाको भारतीय विदेशमन्त्री सलमान खुर्सिद, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह र समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवसँग छुटाछुटै भेटवार्ता भएको छ ।

भेटमा कोइरालाले आफूहरु ४ मंसीरमा संविधान सभाको निर्वाचन गराउन प्रतिवद्ध रहेको भन्दै भारतीय सहयोगको पनि अपेक्षा गरेको बताएको भेटमा सहभागी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

विदेशमन्त्री सलमान खुर्सिदले कोइरालाको स्वागतमा नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजना गरेको दिवाभोजमा निर्वाचनका लागि भारतले नेपाललाई आवश्यक सबैे सहयोग उपलब्ध गराउन प्रतिवद्धता व्यक्त गरेको पनि सिटौलाले बताए । खुर्सिदले निर्वाचन तोकिएको मितिमै हुनेमा भारत विश्वस्त रहेको उल्लेख गर्दै नेपालको राजनीतिक परिवर्तनलाई संस्थागतगर्न निर्वाचन आवश्यक रहेको बताएका थिए ।

यसैगरी कोइराला र भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहबीच सिंहकै निवासमा भेटवार्ता भएको छ । सिंहले नेपालको राजनीतिक स्थायित्वका लागि निर्वाचन अनिवार्य रहेको भन्दै आफ्नो संस्कृति रक्षाका लागि नेपालीहरु सचेत रहनु पर्ने सुझाव समेत दिएको सिटौलाले बताए । भेटमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला समेत सहभागी थिए ।

यसअघि कोइराला र समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवबीचको भेटमा पनि यादवले नेपालमाशान्ति स्थापनाका लागि निर्वाचन अनिवार्य रहेको बताएका थिए ।

यादवले नेपालसँग भारतको राजनीतिक मात्र नभई सामाजिक–आर्थिक सम्बन्ध समेत रहेको प्रसंग उठाउँदै एक देशको हितले अर्को देशलाई फाइदा हुने बताए । भेटमा कोइरालाले द्विपक्षीय हितका विषयमा कुरा राख्दै आर्थिक विकासका क्षेत्रमा मिलेर जानुपर्नेमा जोड दिएका थिए ।

कोइरालासँग आजै काँग्रेस आईका सांसद हर्षवद्र्धन र साउथ एशिया फाउण्डेशनका महासचिव राहुल वरुवाले नेपालको राजनीतिक अवस्था र चुनौती सामनाका उपायबारे छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>