समाचारमंगलबार, साउन २२, २०७०

प्रहरीद्वारा हिरासतमा निर्घात कुटपिट

हिमालखबर

घाइते भएका परियार

२० साउनमा घरमै भान्जीको जन्मदिन मनाउँदै गर्दा इलाका प्रहरी कार्यालय सानोश्रीबाट गस्तीमा गएको प्रहरीले होहल्ला गरेको आरोपमा गिरफ्तार गरेर कुटपिट गरेको हो ।

निर्घात कुटपिटबाट सख्त घाइते भएका परियारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको आँखा, पिठ्युँउ  र तिघ्रामा चोट लागेको छ ।

हतकडी र नेल बाँधेर असई लोकेन्द्रबहादुर चन्द ठकुरीले रातभर कुटपिट गरेको परियारले बताए । असई ठकुरीले गएको वैशाखमा मदिराले लठ्ठिएर गस्तीमा आएको बेला घरमै आएर मुक्का हानेपछि परियार निवेदन दिन गएका थिए । त्यो बखत असई ठकुरीले माफी मागेपछि घटना टुंगिएको थियो । प्रहरी कार्यालयमा लगेर ‘मेरा विरुद्ध उजुरी दिने’ भन्दै कुटपिट गरेको परियारले बताए । उनकी पत्नी हरिकलाले १२ बजे राति आएर घरबाटै उठाएर कुटपिट गर्दै लिएर गएको बताइन् ।

जिल्ला अस्पताल गुलरियामा उपचार हुन नसकेपछि परियारलाई  भेरी अस्पताल नेपालगञ्जमा लगिएको हो  । चिकित्सक डा. ज्ञानेन्द्र पाण्डेले परियारको शरीर भर चोट देखिएको तर, त्यसको  भित्रि असरबारे विभिन्न परीक्षणपछि मात्रै  भन्न सकिने बताए ।

गैरसरकारी संस्था एड्भोकेसी फोरमले देशभरका हिरासतमा गरेको अध्ययनले बर्दियामा हिरासतमा रहेकामध्ये ३३ प्रतिशतले यातना पाएको तथ्यांक हालै सार्वजनिक भएको थियो ।
-तुफान न्यौपाने , नेपालगञ्ज

निर्घात कुटपिटबाट सख्त घाइते भएका परियारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>