समाचारबुधबार, साउन २३, २०७०

नेकपा–माओवादीका माग पूरा गर्न सकिंदैनः समिति

हिमालखबर

उच्चस्तरीय राजनीतिक समितिको २३ साउनमा बसेको बैठकले नेकपा–माओवादी नेतृत्वको मोर्चाले निर्वाचन भा“ड्नका लागि पूरा गर्न नसकिने मागहरु राखेको ठहर गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुस“ग कुरा गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले चुनावी प्रक्रिया रोकेर सहमति गर्न नसकिने स्पष्ट पारे । उनले पूर्वघोषित मितिमा निर्वाचन गर्नका लागि ११ बु“दे सहमति खारेज गर्न नसकिने बताए ।

एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले ३३ दलीय र ८ दलीय मोर्चाले राखेका मागहरु गंभीर प्रकृतिका भएकाले दलहरुब्ीच आन्तरिक छलफल गरेर मात्र निर्णयक छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो । उनले अघि बढीसकेको निर्वाचन प्रक्रिया उल्टाएर सहमति गर्न नसकिने स्पष्ट पारे ।

एमाले नेता रघुजी पन्तले नेकपा–माओवादी नेतृत्वको मोर्चाले निर्वाचन नचाहेकाले उनीहरुका माग पूरा गर्न नसकिने भन्दै यदी उनीहरुले साँच्चिकै मुलुकलाई निकास दिन चाहेको भए लचिलो भएर प्रस्तुत हुनुपर्नेमा जोडदिए । नेता पन्तले देशभक्त शक्तिहरु एक भएर अघि नबढे निर्वाचन संभव नहुने धाराणा राख्नुभयो ।

समितिले २४ साउन बिहान संघीय समाजवादी पार्टीस“ग वार्ता गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>