समाचारबुधबार, साउन २३, २०७०

वाईसिएललाई चिल बन्न दाहालको निर्देशन

हिमालखबर

गोर्खाको पालुङटार बैठकपछि लगभग निष्क्रिय रहेको वाईसिएललाई पुनः सक्रिय बनाउन एमाओवादीले प्रशिक्षण समेत थलेको छ । वाईसिएलका अगुवा कार्यकर्तालाई २३ साउनमा पोखरामा प्रशिक्षण दिर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वाईसिएललाई चिल बन्न आग्रह गरे ।

“वाइसिएल चिल हो, यो कहिले काहीं तल झरेर कुखुरा झै खोस्रिन सक्छ र आफ्नो काम पूरा गरेपछि आकाशमा उड्छ,” दाहालको भनाई उद्धृत गर्दै प्रशिक्षणमा सहभागी एक कार्यकर्ताले भने, “शिकार गरेर चिल उडेपछि कुखुराहरु आकाशमा हेरेर जिल्ल पर्छन ।

दाहालले वाईसिएललाई अघिल्लो संविधान सभा निर्वाचन भन्दा पनि प्रभावकारी काम गर्न निर्देशन दिंदै, “सिंह झै गर्जिनको लागि तयारी अवस्थामा रहनुहोस ।”

“सिंह गर्जेपछि, स्यालहरु नजिक पर्न सक्दैनन,” दाहालले प्रशिक्षणमा भने, “प्रतिक्रान्तिकारी तत्व चुनाव भाड्न सक्रिय छन्, अव त्यस्तालाई वाईसिएलले ठेगान लगाउनु पर्दछ ।” दाहालले चुनाव विरोधीलाई लखेट्न निर्देशन दिएको प्रशिक्षणमा ती कार्यकताले बताए ।

माधव वराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>