थप समाचारबिहीबार, साउन २४, २०७०
एमालेले तेस्रोलिङ्गीका मुद्दा घोषणापत्रमा राख्ने
एमाले केन्द्रीय कार्यालय बल्खुमा २४ साउनमा पूर्वसभासद् सुनिलबाबु पन्तको नेतृत्वमा गएको प्रतिधिमण्डलसँग कुरा गर्दै महासचिव पोखरेलले पार्टीलाई समावेशी बनाउने एमालेको नीति नै भएकाले उनीहरुको माग घोषणापत्रमा समावेश गरिने बताए । उनले पार्टीमा प्रवेश गर्ने तेस्रो लिंगीहरुलाई विभिन्न तहतप्कामा जिम्मेवारी दिइने पनि बताए ।
पूर्वसभासद् पन्तले केही दिनमै एमालेमा १०० भन्दा बढी तेस्रोलिङ्गी प्रवेश गर्ने जानकारी दिँदै आफू पनि एमालेमा प्रवेश गर्न सकारात्मक रहेको बताएका छन् ।
