समाचारबिहीबार, साउन २४, २०७०
सशस्त्र समूहका कमाण्डर प्रहरीद्वारा सार्वजनिक
नेपालमा हत्या, असुली र अपहरणको आरोप लागेका बाराको गञ्जभवानीपुर–३ का सुनिल जैसवाललाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले सीमावर्ती भारतीय बजार आदापुरबाट ११ साउनमा पक्राउ गरेको थियो । उनलाई अनुसन्धानका लागि भारतीय प्रहरीले आफ्नै नियन्त्रणमा राखेकोमा २३ साउनमा नेपाल प्रहरीलाई बुझाएको हो ।
पहिले सशस्त्र प्रहरी बलमा सहायक हवल्दार रहिसकेका ३३ वर्षीय जैसवाल २०६१ सालमा हतियार सहित भागेर तराईमा सक्रिय भूमिगत समूह ‘तराई जनतान्त्रिक मुक्ति मोर्चा गोईत समूह’मा प्रबेश गरेका थिए ।
उनीमाथि १७ वैशाख २०६६ मा बाराको फेटा माध्यमिक विधालयका शिक्षक प्रदिप कुमार तिम्लसिनालाई, २२ पुस २०६६ मा बारा गञ्जभवानीपुरका अम्बिका महतो, रामप्रकाश यादव, दारा यादव र कन्हैया यादवलाई गोली हानेर हत्या गरेको अभियोग छ ।
जैसवाल बारा, पर्सा र रौतहटमा असुलीमा समेत सक्रिय थिए । उनलाई जिल्ला प्रहरी कार्यलय बाराको जिम्मा लगाईने प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले बताएका छन् ।
बिम्मी शर्मा, वीरगञ्ज
