समाचारशुक्रबार, साउन २५, २०७०
गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध

जोड लगाऊ सन्धिखर्क–वांगला–ठुलापोखरा–तम्घास सडकको वांगला क्षेत्रमा हिलोमा फसेको जीपलाइ धकेल्दै यात्रुहरु । तस्बीरः प्रेमनारायण आचार्य
पहिरोले अर्घाखाँचीको चाक्लादेखि पिरापानी सम्मका सात स्थानमा पहिरो गएपछि २४ साउन रातिबाट अवरुद्ध बनेको सडक खुलाउन कतैबाट पहल नभएको स्थानीय लेखनाथ पौडेलले बताएका छन् । स्थानीय प्रशासन, सडक कार्यलय, सेना, प्रहरी कतैबाट पहल नभएको भन्दै यात्रुहरुको गुनासो छ ।
निरन्तरको झरीले जिल्लाका सम्पूर्ण ग्रामीण सडकहरु अबरुद्ध भएका छन । सन्धिखर्क–बल्कोट–रिडी सडक, सन्धिखर्क–वांगला–तम्घास सडक, घुम्ती–तानसेन सडक, सन्धिखर्क–धारापानी–प्युठान सडक र अन्य गाविसमा जाने सडकहरु अबरुद्ध भएका छन ।
विभिन्न स्थानमा गएको पहिरोले सडक अबरुद्ध हुँदा यातायातका साधन सञ्चालन हुन नसकेको देउराली यातायात ब्यबसायी समितिले जानएको छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
