समाचारशुक्रबार, साउन २५, २०७०

बालुवाटारबाट १६ अधिकारकर्मी पक्राउ

हिमालखबर

राष्ट्रिय मानवअधिकार आयोग समक्ष गृहमन्त्री माधवप्रसाद घिमिरले कृष्णप्रसाद अधिकारी हत्याको अनुसन्धान थाल्न नमिल्ने भन्ने लाचार अभिव्यक्ति दिएपछि न्यायको माग गर्दै प्रदर्शनमा उत्रेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारी हत्या घटनाको अनुसन्धान थाल्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडिको निषेधित क्षेत्र तोड्न खोज्दा अधिकारकर्मीहरु चरण प्रसाइँ, दिनेश भट्ट, सावित्री श्रेष्ठ लगायतका १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अहिले कमल पोखरी प्रहरी वृत्तमा राखिएको छ ।

आफ्नो छोराको हत्यारालाई कारवाहीको माग गर्दै गंगामाय र नन्दप्रसाद अधिकारी दम्पत्ती लामो समयदेखि अनशनमा बसेका छन् । अहिले वीर अस्पतालमा राखिएका उनीहरुको स्वास्थ्यस्थिति गम्भीर हुँदै गएको छ ।

नौ वर्षअघि गोरखाका कृष्णप्रसाद अधिकारीलाई हजुरबुवा भेट्न चितवन गएका बेला माओवादी कार्यकर्ताहरुले नियन्त्रणमा लिइ हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>