समाचारआइतबार, साउन २७, २०७०
धावन मार्ग भत्किंदा विमानस्थल अवरुद्ध
विमानस्थलको धावन मार्गको केही ठाउँमा कालोपत्र उप्किएपछि केही बेरका लागि अन्तर्राष्ट्रिय र घरेलु उडानका विमानहरुलाई नजिकको अन्य विमानस्थलमा अवतरण गर्न भनिएको थियो भने केही आकाशमै होल्ड भएका थिए ।
विमानस्थल सुरक्षामा खटिएका डिआईजी गोपाल भण्डारीले भने, “यस्तो बेला बेला भइरहन्छ, ठूलो समस्या होइन, मेरो जानकारीमा आएसम्म मर्मत कार्य केही बेरमै सम्पन्न हुनेछ ।”
धावनमार्गमा देखिएको समस्या समाधानका लागि विमानस्थलमा महाप्रबन्धकलगायत उच्च अधिकारीको आकस्मिक बैठक बसेको थियो ।
दिउँसो २:३५ देखि विमानस्थल अवरुद्ध भएको थियो ।
