समाचारमंगलबार, साउन २९, २०७०
समिति–मोर्चा वार्ताः ४ बुँदामा सहमति
उच्चस्तरीय राजनीतिक समिति र संघीय लोकतान्त्रिक मधेशी मोर्चाबीच २९ साउनमा भएको वार्तामा २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश संशोधन गर्ने, समानुपातिकतर्फको सिट संख्या बढाउने, उच्चस्तरीय राजनीतिक समितिलाई निस्क्रिय पार्ने र फोटो सहितको मतदाता नामावली संकलन गर्न समय थप्ने विषयमा सहमति भएको छ ।
मोर्चाका ६ बुंदे मागमध्ये दुई बुंदा– निर्वाचन क्षेत्र बढाउने र मन्त्रिपरिषद अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिने, विषयमा भने मोर्चा र समितिबीच सहमति हुन सकेन।
सहमति हुन नसकेका दुई बुंदामा ३० साउनमा पुनः वार्ता हुने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

