थप समाचारबुधबार, साउन ३०, २०७०
‘जनजातिको अधिकारका लागि निर्वाचन जरुरी’
३० साउन विहान दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले संबिधान निर्माण भए मात्रै आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने भएकोले ४ मंसीरमा कुनै पनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।
महासंघ आदिवासी जनजातिहरुको पहिचान सहितको संघीयताका पक्षमा निरन्तर आन्दोलनमा रहेको भन्दै अध्यक्ष कुमालले केही ब्यक्तिहरुले आईएनजिओको सहयोग नभएपछि महासंघको आन्दोलन तुहियो भनेर गलत हावा फैलाएको बताए ।
उक्त अवसरमा बोल्दै महासंघका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार राजकुमार लेखीले महासंघ एकल जातीय राज्यको बिरुद्धमा भएको बताए । उनले भने, “आधिकारिक रुपमा महासंघले एकल जातीय राज्य नभएर पहिचान सहितको संघीयता चाहेको छ ।”
उनले आदिवासी जनजातिका माग अतिवादी नभएको भन्दै अब बन्ने संबिधानमा आदिवासी जनजातिका मुद्दाहरु समेटिनु जरुरी रहेको बताएका थिए ।
देविका घर्ती मगर, दाङ

