समाचारबुधबार, साउन ३०, २०७०

राष्ट्रपति र दाहालबीच छलफल

हिमालखबर

राष्ट्रपति रामवरण यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो राजनीतिक अवस्था, संविधानसभाको निर्वाचन र असन्तुष्ट दलहरुसँग भइरहेको वार्ता सम्बन्धमा छलफल भएको छ ।

अध्यक्ष दाहालले निर्वाचनप्रति असहमति राख्दै आएका दलहरुसँग भइराखेको वार्ताका बारेमा राष्ट्रपतिलाई अवगत गराएका थिए ।

उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका दाहादले ४ मंसीरमा संविधानसभाको निर्वाचनमा दलहरु होमिएको र निर्वाचनमा असहमति राख्दै आएका दलहरु पनि निर्वाचनमा भाग लिने विश्वास राष्ट्रपति यादवसमक्ष व्यक्त गरेका थिए ।

राष्ट्रपति यादवले सबै दललाई निर्वाचनमा समेटेर जान र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न आग्रह गरेको बुझिएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>