समाचारबुधबार, साउन ३०, २०७०

सहमति गर्ने नाममा वार्ता लम्बिदैन: श्रेष्ठ

हिमालखबर

३० साउनमा काभ्रेको पनौतीमा आयोजित पार्टी कार्यक्रममा एमाओवादी नेता नारायणकाजी श्रेष्ठले नेकपा–माओवादी लगायतका दलहरुलाई आफूमा रहेको भ्रम त्यागेर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन ।

संविधानसभा निर्वाचनका लागि अन्तराष्ट्रिय समर्थन र चासो समेत भएको भन्दै नेता श्रेष्ठले निर्वाचनलाई केन्द्रविन्दुमा राखेर सबै खाले सहमति गर्न उच्चस्तरीय राजनीतिक समिति तयार भएको बताए ।

गोलमेच सम्मेलन, उच्चस्तरीय राजनीतिक समितिको निस्क्रियता र असन्तुष्ट दलहरुको सरकारमा प्रतिनिधित्व गराउन समेत चार दल सकारात्मक भएको समेत नेता श्रेष्ठले जानकारी दिए ।

निर्वाचन प्रक्रियाको विरोधमा रहेका नेकपा–माओवादी लगायतका दलहरुसँग सहमति गर्ने नाममा अनावश्यक वार्ता लम्बाएर निर्वाचनलाई प्रभाव पार्ने काम गर्न नहुने भन्दै उनले छिटै टुंगोमा पुगिने वताएका थिए ।

नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>