समाचारबुधबार, साउन ३०, २०७०
निर्वाचन मिति सार्न समिति तयार
नेकपा–माओवादी नेतृत्वको मोर्चासँग ३० साउनमा भएको वार्तामा मोर्चाले चुनाव सार्न माग गरेपछि उच्चस्तरीय राजनीतिक समितिमा सहभागी नेताहरुले अहिलेकै विधि र प्रक्रियामा माओवादीले चुनावमा भाग लिने हो भने चुनाव सार्न सकिने बताएका छन् ।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता रघुजी पन्तले नेकपा माओवादी नेतृत्वको मोर्चा अहिलेकै विधिमा चुनावमा आउँछ भने मिति सार्न समितिले सहमति जनाएको बताए । आजको वार्ता निर्वाचन मिति सम्बन्धमै केन्द्रित थियो । वार्ता ३१ साउनमा पनि हुने बताइएको छ ।
नेकपा–माओवादी नेतृत्वको मोर्चासँगको वार्तापछि अहिले समिति र मधेशी जनअधिकार फोरम नेतृत्वको मोर्चासँग वार्ता भइरहेको छ ।
