समाचारबिहीबार, साउन ३१, २०७०

भक्तपुरमा कुखुरा मार्न र्‍यापिड रेस्पोन्स टिम

हिमालखबर

३१ साउन बिहानदेखि पशु रोग विभागको नेतृत्वमा १० वटा ‘र्‍यापिड रेस्पोन्स टिम’ कुखुरा र कुखुरा जन्य वस्तु नष्ट गर्न खटिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिएका छन् ।

जिल्लाका विभिन्न गाविस र नगरपालिकामा अवस्था हेरेर छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । टोलीमा पाँच सशस्त्र र पाँच नेपाल प्रहरी गरी १० सुरक्षाकर्मीको टोली समेत खटाइएको दवाडीले बताए ।

सरकारले ३१ साउनदेखि लागू हुने गरी मनोहरा खोलापश्चिम मूलपानी, गोठाटार र पेप्सीकोला क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपूर्व मनोहरा किनारको बस्ती, पूर्वमा भक्तपुर तथा काभ्रे जिल्लाको सीमावर्ती जङ्गलडाँडा, उत्तरमा नगरकोट डाँडाको वन सिमाना र दक्षिणमा नँखेल, गुण्डु डाँडाभित्रको क्षेत्रलाई बर्डफ्लु सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रजिअ एवम् दैवि प्रकोप उद्धार समितिका संयोजक दवाडीले दैवीप्रकोप उद्धार ऐन २०३९ को दफा ४ अनुसार बर्डफ्लु रोग नियन्त्रण संशोधनसहित आदेश २०६४ को दफा ५ अनुसार बर्डफ्लु रोग सङ्कटग्रस्त क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरिएपछि आजैदेखि पंक्षी तथा पंक्षीजन्य पदार्थ नष्ट गर्न लागिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>