समाचारबिहीबार, साउन ३१, २०७०

मूल्य बृद्धि १० प्रतिशत

हिमालखबर

आव २०६८/६९ को मुद्रास्फिती ८.३ प्रतिशत थियो । नेपाल राष्ट्र ब्याङ्कले प्रकाशन गरेको आव २०६९/७० को समष्टिगत आर्थिक तथ्याङ्क अनुसार गत आवमा खाद्य तथा पेय समुहको मूल्य सुचकांक ९.६ प्रतिशत तथा गैर खाद्य समुहको १० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा ६.४ प्रतिशत मात्र रहेको थोक मुद्रास्फिती समेत गत आवमा ९ प्रतिशतले बढेको हो । पछिल्लो समय अमेरिकी डलर निरन्तर बलियो हुँदै जाँदा आयातित बस्तुको मूल्य बढेकाले समेत मुद्रास्फितीमा चाप परेको हो ।

आर्थिक बष २०६८/०६९ मा १५.४ प्रतिशतले बृद्धि भएको निर्यात गत आवमा ३.६ प्रतिशत मात्र बढेको छ । आयात भने २०.६ प्रतिशतले बढेको केन्द्रिय ब्याङ्कले जनाएको छ । अघिल्लो आवमा आयत बृद्धिदर १६.५ प्रतिशत मात्र थियो । यसले गत आव अर्थतन्त्र झनै कमजोर बनेको पुष्टि गरेको छ । गत आवमा ब्यापार घाटा २३.९ प्रतिशतले बढेर रु. ४ खर्ब ७९ अर्ब ८२ करोड पुगेको छ । पहिलो पटक बार्षिक बजेटलाई ब्यापार घाटाले उछिनेको हो ।

ब्यापार घाटा उच्च दरले बढे पनि रेमिट्यान्सका कारण सोधनान्तर (नेपालबाट भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) बचत सन्तोषजनक रहेको छ । शोधनान्तर स्थिती रु.६८ अर्ब ९४ करोडले बचतमा रहेको जनाइएको छ । रेमिट्यान्सकै कारण विदेशी विनियम सञ्चिती २१.४ प्रतिशतले बृद्धि भइ ५ खर्ब ३३ अर्ब ३० करोड पुगेको छ । आव २०६९/७० लाई आधार मान्दा यसले ११.७ महिनाको बस्तु तथा १०.१ महिनाको सेवा आयात धान्न पुग्ने केन्द्रिय ब्याङ्कले जनाएको छ । रेमिट्यान्स आय भने २०.९ प्रतिशतले बृद्धि भइ रु. ४ खर्ब ९७ अर्ब ७० करोड पुगेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>