समाचारशुक्रबार, साउन ३२, २०७०

उपेन्द्र यादव नेतृत्वको मोर्चा चुनावमा जाने

हिमालखबर

काठमाडौं, नयाँ वानेश्वरमा ३१ साउन मध्य राति भएको वार्तामा संविधानसभाको सदस्य सङ्ख्यालाई ५८५ बनाउने सहमतिमा भएको छ । समितिका तर्फबाट एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मोर्चाका तर्फबाट ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष परशुराम तामाङद्वारा हस्ताक्षरित सहमतिअनुसार संविधानसभामा प्रत्यक्ष तर्फ २४०, समानुपातिकतर्फ ३३५ र मन्त्रिपरिषद्बाट मनोनीत १० सभासद रहने छन् ।

यस्तै सहमतिमा मतदाता नामावली अद्यावधिक गर्न दुई हप्ता समय थप गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने, संविधानका आधारभूत सिद्धान्तका बारेमा सहमति गर्ने कार्य अघि बढाउने, उच्चस्तरीय राजनीतिक समितिमा सङ्घीय लोकतान्त्रिक मोर्चा सहभागी हुने र अन्य महत्वपूर्ण दलहरुलाई पनि सहभागी गराउने तथा संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आमजनसमुदायलाई आग्रह गरिने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>