थप समाचारशुक्रबार, साउन ३२, २०७०

इजिप्टमा गृहयुद्धको संभावना, ६३८ को मृत्यु

हिमालखबर

इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीको मुस्लिम ब्रदरहुड पार्टीले निरन्तर आन्दोलन चर्काउँदै गएपछि त्यहाँको सेनाले गरेको कार्वाहीमा ६३८ जनाको मृत्यु भएको सरकारले जनाएको छ भने मृत्यु हुनेहरुको संख्या यो भन्दा कैयौं गुणा धेरै भएको मुस्लिम ब्रदरहुडको दाबी छ ।

सेनाको कार्वाहीपछि मुस्लिम ब्रदरहुडले वर्तमान सैन्य सरकारलाई हटाउनका लागि ठूलो प्रदर्शनको आयोजना गर्ने वताएको छ ।

इजिप्टको स्वास्थ्यमन्त्रालयका अनुसार गत बुधबार भएको सेनाको कार्वाहीमा मर्नेहरुको संख्या ६३८ पुगेको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमध्ये ४३ जना सुरक्षाकर्मी पनि छन् ।

सन् २०११ को अरब क्रांती पछि यति ठूलो संख्यामा एकै पटक मृत्यु भएको थिएन । ब्रदरहुडले दुई हजारभन्दा धेरै मारिएको र करिब १० हजार घाइते भएको दाबी गरेको छ ।

मोर्सी समर्थकहरुले शुक्रबारको नमाजपछि प्रदर्शनको आह्वान गरेका छन् । दुवै तर्फबाट पछि नहट्ने अडानले त्यहाँ थप हिंसा हुने र गृहयुद्ध सम्म हुनसक्ने संभावना बढेको छ । इजिप्टमा अहिले संकटकाल लागु भएको र प्रहरीलाई शान्ति सुब्यवस्था कायम राख्न हतियार प्रयोग गर्ने अधिकार दिइएको छ ।

इजिप्टको निकट सहयोगी अमेरिकाले त्यहाँ सेनाका तर्फबाट भएको हिंसाको निन्दा गरेको छ । राष्ट्रपति बाराक ओबामाले इजिप्टका सडकहरुमा नागरिकहरु मारिइरहेका बेला अमेरिका र  इजिप्टबीचको सम्बन्ध सामान्य नरहने बताएका छन् । यसका साथै अमेरिकाले इजिप्टसँग गर्ने संयुक्त सैन्य अभ्यास पनि रद्द गरेको छ ।

उता इजिप्टको सरकारले ओबामाको अभिव्यक्ति तथ्यमा आधारित नभएको र सशस्त्र समूहहरुलाई उक्साउने खाले भएको आरोप लगाएको छ । सरकारले यतिबेला आफूले आतंकवादीहरुको सामना गरिहेको दाबी गरेको छ ।

इजिप्टमा प्रदर्शनकारीहरुले इशाई र चर्चहरुलाई पनि निशाना बनाउन थालेका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>