थप समाचारशुक्रबार, साउन ३२, २०७०
प्रशासनद्वारा निर्वाचन बिरोधी पोष्टर टाँस्न रोक
३१ साउनमा संखुवासभाको खाँदबारीमा नेकपा–माओवादीका स्थानीय नेताहरुले भित्ताभित्तामा निर्वाचनविरोधी पोष्टर टाँस्दै हिडे पछि प्रहरीले टाँस्न रोक लगाएको छ । निर्वाचनविरोधी प्रचार प्रसार निर्वाचन आचार संहित विपरित हुने भन्दै स्थानीय प्रशासनको आदेशमा प्रहरीले पोष्टर टाँस्नेहरुलाई लखेटेको थियो ।
निर्वाचनको मिति तय भई सकेको र ७ साउनदेखि आचरसंहिता लागु भई सकेकोले निर्वाचन बिरोधी गतिबिधि गर्न नपाउने भन्दे प्रशासनले निर्वाचनविरोधी प्रचारप्रसारमा रोक लगाएको हो ।
“हामी निर्वाचन बिरोधी गतिविधिलाई र आचरसंहिता बिपरीत काममा पूर्ण रुपमा रोक लगाउँछौ,” प्रहरी नायव उपरीक्षक पवनकुमार गिरील प्रमुख गिरीले बताए ।
नेकपा–माओवादीका इन्चार्ज राजेन्द्र कार्कीले वर्तमान सरकारले गराउने निर्वाचन जनताको पक्षमा नभई राष्ट्रहित विपरित भएको आरोप लगाउँदै निर्वाचन बहिस्कार गरिने बताए ।
जिल्लामा अहिले एमाओवादी, कांग्रेस र एमालेले निर्वाचनका लागि प्रचार प्रसार अभियान शुरु गरेका छन् ।
छेटु शेर्पा, सङ्खुवासभा

