समाचारशुक्रबार, साउन ३२, २०७०

च्छोरोल्पा फुटेको हल्लाले भागाभाग

हिमालखबर

च्छोरोल्पा हिमताल । तस्बीर: सर्मिला बुढाथोकी

हिमताल फुटेको हल्लाले आतंकित बनेका दोलखा, रामेछाप र सिन्धुलीस्थित तामाकोसी किनारमा बसोबास गर्ने सर्वसाधारण घर छाडेर भाग्न बाध्य भएका छन् । हल्लाले रामेछाप सदरमुकाम मन्थलीका बासिन्दा बस ‘रिजर्भ’ गरेर सुरक्षित स्थानतर्फ गएका थिए ।

३१ साउन साँझदेखि भागाभाग गरिरहेका स्थानीयवासीलाई प्रहरी प्रशासनले राति १० बजेसम्म माइकिङ गरेर घर फर्काएको थियो । तामाकोसीमा पानीको बहाव बढेपछि दोलखा किर्नेस्थित खिम्ती– १ जलविद्युत् आयोजनामा साइरन बजेको भन्ने हल्ला शुरु भएपछि भागाभाग भएको स्थानीयले बताएका छन् ।

यसैबीच स्थानीय प्रशासनले विज्ञप्ति जारी गरी हिमताल फुटेको हल्लामा कुनै सत्यता छैन भन्दै विचलित नहुन र सामान्य जीवनयापन गर्न आग्रह गरेको छ ।

प्रजिअ पोखरेलले सबै स्थानीय सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ सम्पर्कमा रहेको र च्छोरोल्पा हिमताल फुट्ने कुनै सङ्केत नदेखिएको बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>