समाचारशुक्रबार, साउन ३२, २०७०
देव शम्शेरको नाममा हुलाक टिकट
३२ साउनमा काठमाडौंमा आयोजित देव शम्शेर–गोरखापत्र पुरस्कार प्रदान कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले तत्कालिन प्रधानमन्त्री देव शम्शेरले नै नेपालमा पत्रकारिताको शुरुवात गरेको भन्दै आगामी वर्ष सरकारले उनका नाममा हुलाक टिकट प्रकाशन गर्ने जानकारी दिएका छन् ।
राणा शासन कालमा समेत दास प्रथाको अन्त्य, मृत्युदण्डमाथि प्रतिबन्ध लगाएर उनले एक कुशल प्रशासक र समाज सुधारकको पहिचान बनाएको पौडेलले बताए ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकारले संविधानसभाको निर्वाचनबारे जनतालाई आश्वास्त तुल्याउन सकेको भन्दै निर्वाचनप्रति विमति राख्ने केही राजनीतिक दलहरु पनि सरकारसँगको वार्तापछि निर्वाचनमा आउने दाबी गरे ।
वि.सं. १९५८ सालमा देव शम्शेर प्रधानमन्त्री भएपछि गोरखापत्रको स्थापना गरेका थिए ।

