समाचारशुक्रबार, साउन ३२, २०७०
बोक्सीको आरोपमा महिलाको हत्या
पर्साको सुपौल– ९ बस्ने पार्वता चौधरीलाई बोक्सीको आरोपमा छिमेकीहरुले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पार्वताका छिमेकी जगदीश चौधरीकी श्रीमती सहित तीनजनालाई पक्राउ गरेको छ । घटनाको मुख्य अभियुक्त भनिएका जगदीश चौधरी र उनकी जेठी छोरी प्रतिमा भने फरार छन् ।
एक साताअघि मात्रै पर्साकै विश्रामपुरकी एक महिलालाई बोक्सीको आरोपमा चरम यातना दिइएको थियो ।
बिम्मी शर्मा, वीरगञ्ज
