समाचारशनिबार, भाद्र १, २०७०

फिलिपिन्समा जहाज दुर्घटनामा दुई सय बेपत्ता

हिमालखबर

जहाजमा डुबेकालाइ उद्दार गरिंदै । तस्बीर:सिन्ह्या

फिलिपिन्सको दोस्रो ठूलो नगर सेबुको बन्दरगाह नजिकै सेन्ट थोमस एक्विनास नाम गरेको यात्रुवाहक जहाज ३२ साउन राति दुर्घटना हुँदा २०० भन्दा बढी व्यक्ति हराएका स्थानीय अधिकारीहरुले जनाएका छन् । त्यसमा ८७० यात्रु तथा चालक दलका सदस्य रहेको बाइएको छ ।

तटरक्षक, सैनिक जहाज तथा स्थानीय माझीहरूले आफ्नो सानो जहाजबाट करिब ६०० व्यक्तिलाई जीवितै उद्धार गरेका थिए ।

१ भदौ बिहानसम्म पनि २१५ व्यक्तिको अवस्था बारे जानकारी प्राप्त हुनसकेको छैन भने २६ व्यक्तिको शव प्राप्त भएको तटरक्षकहरूले बताएका छन् । उक्त जहाज १० मिनेटमै डुबेको तटरक्षक रियल एडमिरल लुइस तुसोनले बताए ।

जहाज क्याप्टेनले जहाज तत्कालै छोड्न आदेश दिएको र यात्रुहरूलाई लाइफ ज्याकेट वितरण गरिएको बताइएको छ । डुबेको जहाजभित्रै मानिस रहेको हुनसक्ने आनुमान गरिएको छ ।

तटरक्षकले उक्त जहाज मा ५८ शिशु रहेको देखिएको र तीमध्ये कति जीवित रहेको भन्न नसकिने बताए ।

एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>