समाचारशनिबार, भाद्र १, २०७०
संघीयतामा विवाद भए जनमतसंग्रहः बाबुराम
१ भदौमा काभ्रेको बनेपामा पार्टीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै एमाओवादी नेता बाबुराम भट्टराईले संघीयताका विषयमा दलहरु बीच मतैक्य नभए जनमतसंग्रहमा जान सकिने बताएका छन् ।
संघीयता सम्बन्धी विवाद अन्त्यका लागि उनले सुझाएको दोस्रो विकल्प थियो राज्य पुर्नसंरचना आयोग गठन गरेर संघीयताबारे निर्क्यौल गर्ने ।
अघिल्लो संविधान सभाले गठन गरेको राज्य पुनर्संरचना आयोग आफैंमा विवादित भई बहुमत र अल्पमतको गरी दुई थरी प्रतिवेदन बुझाएको थियो जसमध्ये कुनै पनि लागु हुन सकेनन् ।
भट्टराईले असन्तुष्ट दलहरुका माग सम्बोधन गर्ने क्रममा निर्वाचनको मिति सार्न नसकिने पनि बताएका थिए ।
नगेन्द्र अधिकारी, काभ्रे
