समाचारशनिबार, भाद्र १, २०७०
कार दुर्घटनामा विदेशी नागरिकको मृत्यु
१ भदौमा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा भएको कार दुर्घटनामा दुबईका नागरिक अब्दुल्ला अब्बुहुल रहमान बेरिक अलमारीको मृत्यु भएको छ भने उनकै परिवारका सदस्यहरु अब्दूल रहमान बेरिक, अब्दुल रहमान अब्दुल अलमान रहमान बेरिक र कारका चालक सिन्धुपाल्चोक थुरु सिरबारी– ६ का कुमार श्रेष्ठ घाइते भएका छन् ।
त्यस्तै अर्को कारमा रहेका भरतपुर क्यान्सर अस्पताल चितवनका डाक्टर अनिलबिक्रम कार्की र चालक कृष्ण विक पनि घाईते भएका छन् ।
दमौलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ८ च २८१८ नम्बरको कार र काठमाडौंबाट पोखरातर्फ गैरहेको बा ३ च २५२९ नम्बरको कार घाँसीकुवा गाविसको कमलाबारीमा ठक्कर खाँदा बा ३ च २५२९ नम्बरको कारमा सवार दुबईका नागरिकको घटनास्थलमै ज्यान गएको हो ।
घाईते डाक्टर कार्की र्दुघटनामा पर्नु केहीबेरअघि दमौलीका चिकित्सकहरुसँग भेटघाटपश्चात काठमाडौं तर्फ जाँदै थिए ।
पवन पौडेल, तनहुँ
