समाचारशनिबार, भाद्र १, २०७०
जग्गा फुकुवाबापत माओवादीबाट ५० लाख असुली
१ भदौमा बिज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले नेकपा–माओवादीले कब्जा गरेको संखुवासभा चैनपुरका ब्यवसायी शंकरमान श्रेष्ठको जग्गा ५० लाख रुपैयाँ लिएर फुकुवा गरेको बताएको छ ।
श्रेष्ठको जग्गा सशस्त्र हिंसाका बेलादेखि माओवादीले कब्जा गरेको र हाल सो जग्गा फुकुवाको बाहनामा ५० लाख रुपैयाँ असुल गरेकोे लिम्बुवानका जिल्ला अध्यक्ष इन्द्रमान लिङ्थेपद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
नागरिकको जग्गा कब्जा गरी फुकुवा गर्ने नाममा आधा करोड रकम असुल्ने नेकपा–माओवादी पार्टीलाई तत्काल प्रशासनले कारवाही गरी रकम फिर्ता गर्नु पर्ने विज्ञप्तिमा माग गरिएको छ ।
२० असार साँझ रकम लिएको विषयमा बुझ्न खोज्दा लिम्बुवानका कार्यकर्ता रामकुमार लिम्बुमाथि नेकपा–माओवादीका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेको अध्यक्ष लिङ्थेपले बताए ।
नेकपा–माओवादीका सेक्रेटरी आरपी किराँतीले कब्जा गरिएको जग्गामा मोही किसान नरहेको र बाँझो भएको भन्दै फुकुवा गर्न केही रकम लिएको स्वीकारेका छन् । उनले भने, “जनयुद्धको समयको पार्टीमा ऋण भएकाले रकम लिइएको तर, लिम्बुवानले आरोप लगाए जती रकम भने होइन ।”
यता प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले रकम लिएको पुष्टी भए तत्काल कारवाही गर्ने बताएका छन् ।
लिम्बुवान राज्य परिषदले जारी गरेको विज्ञप्ति:
छेटु शेर्पा, संखुवासभा

