समाचारआइतबार, भाद्र २, २०७०

दाहालले भने, ‘कुनै हालतमा मिति सारिंदैन’

हिमालखबर

२ भदौमा जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी अध्यक्ष दाहालले असन्तुष्ट दलहरुसँग सकारात्मक वार्ता भइरहेको तर उनीहरुका माग पूरा गर्ने नाममा ४ मंसीरमा हुने निर्वाचन मितिमा कुनै हालतमा पनि परिवर्तन नहुने दाबी गरेका छन् ।

“उपेन्द्र यादवले नेतृत्व गरेको मोर्चालाई जसरी पनि निर्वाचनमा सहभागी गराउन आवश्यक रहेकाले उहाँसँग पनि सकारात्मक कुरा भएको छ” अध्यक्ष दाहालले भने, “वैद्यजीसँग पनि सरकारको वार्ता भइरहेको छ भने भोलि मेरो पनि कुराकानी हुनेछ ।”

उनले आफूसँगको कुराकानी पछि वैद्य माओवादी निर्वाचनमा सहभागी हुने वा नहुने बारे टुंगो लाग्ने समेत बताएका थिए ।

यसअघि  उच्चस्तरीय राजनीतिक समितिमै नेकपा–माओवादीले अन्य मागहरु छोडेर निर्वाचनमा सहभागी हुने भए केही समयका लागि मिति सार्न सकिने समितिकै नेताहरुले बताउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>