समाचारआइतबार, भाद्र २, २०७०
घरायसी विवादमा पत्नीको हत्या
वीरगञ्ज–१७ मा डेरा गरी बस्ने लमजुङ गोश्वारा–५ का ३७ वर्षीय सुन्दर खड्काले पत्नी सुशीला खड्काको कुटपिट गरी हत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।
१ भदौ बिहान पत्नीसँग झगडा भएपछि घरबाट निक्लेका खड्काले रक्सीले खाएर आएपछि साँझ ७ बजे पत्नीलाई लाई निर्मम कुटपिट गरी हत्या गरेका हुन् ।
खड्का परवानीपुरस्थित सुन्दर स्टिल्स कारखानाका सुरक्षा गार्ड हुन् । मृतक सुशीलाको शव नारायणी उपÔेत्रीय अस्पतालमा पोष्टमार्टमकालागि लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
