समाचारसोमबार, भाद्र ३, २०७०

कांग्रेस केन्द्रीय सदस्य पहाडीको निधन

हिमालखबर

कांग्रेस केन्द्रीय समिति सदस्य गोपालराज पहाडीको ३ भदौ बिहान ७ बजे काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । उनी लामो समयदेखि मुटु, मधुमेह, उच्च रक्तचाप र मृगौलाको समस्याबाट पीडित थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०२९ देखि २०३५ सम्म ६ वर्ष जेल र पटक पटक हिरासतमा परेका ६८ वर्षीय पहाडीले  वि.सं. २०२४ सालमा डेमोक्रेटिक सोसलिष्ट युथ लिगबाट राजनीति शुरु गरेका थिए ।  उनी २०५६ देखि लगातार नेपाली कांग्रेसको केन्द्रीय सदस्य थिए ।

२००२ सालमा संखुवासभामा जन्मेका आजीवन अविवाहित पहाडीको निधनप्रति नेपाली कांग्रेसले शोक व्यक्त गरेको छ ।

नेपाली कांग्रेसको ३ भदौमा बसेको आकस्मिक बैठकले केन्द्रीय सदस्य गोपाल पहाडीको निधनप्रति शोक व्यक्त गर्दै ३, ४ र ५ भदौ तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने तथा केन्द्र लगायत जिल्लाका सबै कार्यालयहरुमा शोकका कार्यक्रम बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ ।
पहाडीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेसम्म राखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>