समाचारसोमबार, भाद्र ३, २०७०

युथफोर्स गठनले बैधानिकता पाउँदैन: नेपाल

हिमालखबर

३ भदौमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता माधवकुमार नेपालले पार्टी अध्यक्षको निर्देशन विपरित भएको युथ फोर्स गठनले बैधानिकता नपाउने बताएका छन् ।

उनले भने, “युथफोर्स गठनलाई रोक्न अध्यक्ष झलनाथ खनालको पत्र गईसकेको छ, अध्यक्षको निर्देशनालाइ कसैले अवज्ञा गर्नुहुँदैन ।”

नेता नेपालले पार्टी अध्यक्षको निर्णय नमान्नेले कसैको पनि निर्णय नमान्ने भन्दै अध्यक्षले गलत निर्णय गरे पनि त्यसलाई स्वीकार गरेर अघि बढ्नु पर्ने बताए । “गल्ती गरेको भए आत्मालोचना गराउने हो,” नेपालले भने, “अध्यक्षकै निर्णय मान्दिन भन्ने हो भने पार्टी कहाँ पुग्छ ?”

पार्टीको नीति विपरित भएको कार्यक्रममा पार्टीका जिम्मेवार नेता उपस्थित हुन् गलत भएको नेता नेपालको भनाई छ ।

“पार्टीको आन्तरिक विवादले निर्वाचनमा असर गर्दछ, अहिले विवाद गर्नु हुँदैन ।”

नेता नेपालले आफू यसपटक पनि काठमाडौ र रौतटहबाट नै चुनाव लड्ने बताएका थिए ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>