समाचारसोमबार, भाद्र ३, २०७०

राजनीतिक समिति खारेज गर: थापा

हिमालखबर

कतारमा भएको प्रवासी नेपाली राष्ट्रवादी समाजको अधिवेशनमा भाग लिई ३ भदौमा स्वदेश फर्किएका अध्यक्ष थापाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरागर्दै चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको वैधानिक हैसियत नभएकाले त्यसलाई खारेज गर्न राष्ट्रपतिले अग्रसरता लिनुपर्ने बताएका छन् ।

चारदलीय सिन्डिकेट रहेसम्म निर्वाचन निष्पक्ष नहुने दाबी गर्दै अध्यक्ष थापाले निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुसँग वार्ताका नाममा चार दलले चलखेल गरिरहेको आरोप लगाए ।

३१ साउनमा कतारको दोहा गएका अध्यक्ष थापाले त्यहाँ रहँदा नेपाली मजदुरका समस्याबारे पनि जानकारी लिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>