थप समाचारसोमबार, भाद्र ३, २०७०
बिहारमा भीडलाई रेलले किच्दा कम्तिमा ३५को मृत्यु
बिहारका अतिरिक्त पुलिस महानिर्देशकले बिहारको सहर्ष जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा पनि ३५ जनाको मृत्यु भएको बताएको बीबीसीले जनाएको छ । भारतीय रेलसेवाका प्रवक्ताका अनुसार बाटो काट्दै गरेका हिन्दु तिर्थालूहरु रेलले किचिएर मारिएका हुन् ।
बाटो नकाट्न सूचना दिने रातो बत्ती बलेको भएपनि स्थानीय मन्दिरमा जान लागेका यात्रुले त्यसलाई ख्यालै नगरी बाटो काट्दै गरेको प्रवक्ताले वताए पनि यात्रुका आफन्तले रातो वत्ती नबलेको र हर्न पनि नबजेको दाबी गरेका छन् ।
बाटो काट्नेहरुको ठूलो भीडका कारण रेल दुर्घटना भएकोले मृत्यु हुनेको सङ्ख्या अरु बढ्न सक्ने पनि प्रवक्ता प्रभाकरले जनाएका छन् ।
भारतका विभिन्न राज्यमा सेवा दिइरहेको राज्य रानी एक्सप्रेस नामको उक्त रेलमाथि आक्रोषित भीडले रेलका कतिपय डब्बामा आगो लगाएका छन् ।
प्रदर्शनकारीहरुले बिहारका विभिन्न स्थानमा रहेका सो रेलका स्टेशनहरुमा पनि आक्रमण थालेको जनाइएको छ ।
एजेन्सी

