समाचारसोमबार, भाद्र ३, २०७०

माओवादी मोर्चा र सरकारबीचको वार्ता असफल

हिमालखबर

३ भदौमा सरकार र नेकपा–माओवादी नेतृत्वको मोर्चाबीच भएको वार्तामा मोर्चाले ४ मंसीरका लागि घोषित निर्वाचन मिति सार्नु पर्ने शर्त राखेपछि सरकारी वार्ता टोलीले निर्वाचन मिति सार्न नसकिने बताएको छ ।

बबरमहलस्थित शान्ति कोषको सचिवालयमा भएको वार्तामा सरकारी टोलीले निर्वाचनका लागि सबै तयारी पूरा भइसकेकोले निर्वाचन मिति सार्न नसकिने बताएको वार्तामा सहभागी मोर्चाका नेताले बताए ।

मोर्चाका नेताहरुले भने वार्ता अघि बढाउनका लागि निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेका थिए । ‘चुनावी प्रक्रिया स्थगित गरी अन्य विषयमा छलफल गर्न माग गरेको वार्तामा सहभागी नेता पासाङ शेर्पाले बताएका छन् ।
दुवैपक्षले अडान नछोडेपछि वार्ताको अर्को मिति पनि तोकिएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>