थप समाचारमंगलबार, भाद्र ४, २०७०

महिलाद्वारा आत्मदाह

हिमालखबर

सप्तरीको पटेर्वा गाविस–१ स्थित माइती घरमा ६ महिनादेखि बस्दै आएकी मायावती चौधरीले शरीरमा मट्टीतेल खनाई आत्मदाह गरेको प्रहरीले जनाएको छ ।

सिराहाको देवीपुर बस्ने डम्बर चौधरीकी पत्नी मायावतीको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बीचबाटोमै मृत्यु भएको परिवारका सदस्यलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगोले जलेर गम्भीर घाइते भएकी मायावतीलाई उपचारका लागि सिरहाको लहान नर्सिङ होममा लगिएकोमा त्यहाँ उपचार हुन नसक्ने भन्दै थप उपचारका लागि धरान पठाएकोमा धरानले समेत काठमाडौँ पठाएको थियो ।

यसैबीच सप्तरीको हरिपुर गाविस–९ मा सोमबार एक किशोरको डुबेर मृत्यु भएको छ ।

स्थानीय रामबालक सदाको छोरा १५ वर्षीय मोहन सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीमा पौडिरहेका उनको अचानक डुबेर मृत्यु भएको बताइएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>