समाचारमंगलबार, भाद्र ४, २०७०

दाहालविरुद्ध उम्मेदवारी दिन सुखदेव तयार

हिमालखबर

सामाजिक सञ्जाल ‘नेपाल डेमोक्रेसी एड गुगलग्रुप डट कम’ मा चलेको बहसमा अमेरिका निवासी प्राध्यापक सुखदेव शाहले आफू मधेशक्षेत्रमा एमाओवादी अध्यक्ष दाहालको घुसपैठ विरुद्ध उम्मेदवारी दिन तयार भएको बताएका हुन् ।

उनले अड्कल काटेका छन्, “चीनले भारतसम्म आफ्नो पहुँच बढाउन मधेशमा निर्वाध उपस्थिति चाहेको छ, दाहाल त्यसकै लागि मधेशमा घुसपैठ गर्दैछन् ।”

शाहले अमेरिकास्थित मधेशी समुदाय र नेपालीले समेत आफूलाई सहयोग गरेमा दाहालविरुद्ध उम्मेदवारी दिएर राजनीतिमा होमिन तयार रहेको उल्लेख गरेका छन् ।

शाह अमेरिकामा ‘क्लासिकल इकोनमिक्स’का ज्ञाता मानिन्छन् । लामो समयसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषमा काम गरेका उनी अमेरिकामा प्राध्यापन गर्छन् ।

विपी कोइराला क्यान्सर रोगको उपचारका लागि अमेरिका गएका बेला शाहले ठूलो सहयोग गरेका थिए भने उनलाई पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला तत्कालिन परराष्ट्रमन्त्री उपेन्द्र यादवले अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>