समाचारमंगलबार, भाद्र ४, २०७०

विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकसहित ११ पक्राउ

हिमालखबर

गुणस्तरहीन विद्युत ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको अरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक रामेश्वर यादवसहित योजना प्रमुख कृष्णबहादुर थापा, पूर्व महाप्रवन्धक चिरञ्जिवी शर्मा पौडेल, पूर्व कार्यकारी निर्देशक जिवेन्द्र झा, पूर्व उपकार्यकारी निर्देशक टिकाराम बिसी, लेखा उपनिर्देशक कृष्णबहादुर केसी, ११ औं तहका देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल र विद्युत विकास आयोजनाका पूर्व संयोजक महेशप्रसाद आचार्यलाई ४ भदौमा पक्राउ गरेको छ ।

यसअघि २० साउनमा आयोगले प्राधिकारणका सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरुसहित ५ इञ्जिनियर र २ चिनियाँ नागरिकलाई पक्राउ परेको थियो ।

विद्युत् प्राधिकरणले २०६४ देखि ०६८ सालसम्म खरिद गरेको करिव ५ हजार ट्रान्सर्फमर गुणस्तरहीन भएको पाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>