समाचारमंगलबार, भाद्र ४, २०७०
अधिकारी हत्या अनुसन्धानका लागि टोली गठन
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतको संयोजकत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । सरकारी वकीलको कार्यालयले छानबिन अगाडि बढाउनु भनी राय पठाएपछि प्रहरीले टोली गठन गरी अनुसन्धानको कार्यलाई अगाडि बढाइएको हो ।
सरकारी वकीलको कार्यालयले स्पष्ट राय नदिए पनि विभागको निर्देशन र सो कार्यालयको पत्रका आधारमा अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए । एक–दुई दिनभित्र अनुसन्धान टोली घटनास्थलतर्फ जाने जानकारी गराए ।
